अष्ट्रेलियाको मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टिमले मैत्रीपूर्ण खेल खेल्ने
अन्ततः नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अष्ट्रेलियाको मैदानमा मैत्रीपूर्ण खेल खेल्न स्वागत गर्ने स्वतन्त्र प्रताप शाहको सपना र उद्देश्य पूरा हुने भएको छ । यस सम्बन्धमा नेपाल क्रिकेट संघ नेपाल र रोयल हेरिटेज अष्ट्रेलियाबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल क्रिकेट संघका तर्फबाट महाप्रबन्धक वृत्तान्त खनाल र रोयल हेरिटेज अष्ट्रेलियाको तर्फबाट स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाली राष्ट्रिय क्रिकेट टीम र अष्ट्रेलियाका नेपाली लगायतका क्रिकेट क्ल्बहरूबीच हरेक वर्ष अष्ट्रेलियाका विभिन्न शहरहरूमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरिने छ । ‘अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट टिम मध्येबाट एक टिम बनाइने छ भने अष्ट्रेलियाको नाम चलेको क्लब र टिमहरुको पनि यो मैत्रीपूर्ण खेलमा सहभागिता रहने छ’, रोयल हेरिटेजका स्ततन्त्र प्रताप शाहले जानकारी दिएका छन् ।