अस्ट्रेलिया टूरमा जाने नेपाली क्रिकेट टीमको तयारी

नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली टीम सेप्टेम्बर अन्तिममा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेको जानकारी दिए ।

क्यानले अस्ट्रेलियाको इम्पायर स्पोर्टसले नेपाली टीमको सबै खर्च र त्यहाँका स्टेट टीमहरुसँग मैत्रीपूर्ण खेलको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको मल्लले नेपालप्रेससँग बताए ।

नेपाली टीम स्कटल्यान्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजको तयारीका लागि क्यानाडा भ्रमणमा छ ।

स्कटल्यान्डको सिरिजपछि नेपालमा प्रशिक्षण गर्न मौसम अनुकूल नहुने भएकाले नेपाली टीम अस्ट्रेलिया जाने तयारीमा रहेको क्यानका महाप्रबन्धक वृतान्त खनालले बताए ।

‘खेलबारे मिति तय भएको छैन । नेपाली टीम अस्ट्रेलिया पठाउने तयारीमा लागेका छौं । चाँडै सबै जानकारी गराउँछौं’, खनालले भने ।

Related Blogs

Nepal National Cricket Team to Tour Australia

An agreement has been signed between the Cricket Association of Nepal and Royal Heritage Australia to take the national cricket

Explore More

अस्ट्रेलिया टूरमा जाने नेपाली क्रिकेट टीमको तयारी

नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली टीम सेप्टेम्बर अन्तिममा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेको जानकारी दिए

Explore More

Nepal National Cricket Team to Tour Australia

An agreement has been signed between the Cricket Association of Nepal and Royal Heritage Australia to take the national cricket

Explore More

Suite 1, Level 5, 141 Queen Street, Brisbane 4000 Queensland

info@empiresports.info

+61 435 858 186 | +61 731616879